२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

बारा प्रहरीले ३१ लाख समानसहित ट्रक पक्राउ गरि राजश्व कार्यालय पथलैया बारामा बुझायो

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र २७, २०८१

 

बारा । कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले निम्न स्थानमा निम्न वमोजिमका भन्सार छलीका र बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू.३१ लाख ५१ हजार ४ सय ६९ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा सूचित गरिन्छ ।
१. प्रहरी ईकाइ:- जिल्ला प्रहरी कार्यालय बारा ।
 मिति २०८१/०५/२६ गते विहान २०:३५ बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१ कलैया चोक स्थितमा भन्सार छली गरी ल्याउदै गरेको १८ पोका रेडिमेट कपडा, सेण्डो गन्जी ४० पिस, हाप कट्टु १८ पिस, सुतिको गम्छा २६ पिस गरी अं.मुल्य रू. १८,०००/- बराबरको नियन्त्रणमा ।
२. प्रहरी ईकाइ:- ईलाका प्रहरी कार्यालय जीतपुर बारा ।
 मिति २०८१/०५/२६ गते बेलुका १७:४० बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उ.म.न.पा.वडा नं.७ जीतपुर चोक स्थितमा वीरगंज बाट पथलैयातर्फ जादै गरेको ना. १ ज ३२४२ नं.को म्याजिक गाडीलाई रोकी चेकजाचँ गर्दा डिक्की भित्र लुकाई छिपाई लगि रहेको २ बोरा चिनी अं.मुल्य रू.९,०००/- बराबरको नियन्त्रणमा ।
 मिति २०८१/०५/२६ गते राती २३:४० बजेको समयमा ऐ.ऐ. स्थितमा बिरगंज बाट काठमाण्डौ तर्फ जादै गरेको ना.७ ज ५९२७ नं.को डिब्बे ट्रकलाई रोकी चेकजाचँ गर्दा विलविजक भन्दा बढी र सामान श्रोत खुलाउन नसकेको अ.मुल्य रू. २७,५०,५८९ बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक नियन्त्रणमा ।
३. प्रहरी ईकाइ:- ईलाका प्रहरी कार्यालय प्रसौनी बारा ।
 मिति २०८१/०५/२६ गते विहान २०:३० बजेको समयमा जिल्ला बारा बिश्रामपुर गा.पा.२ घोडासहन स्थितमा भन्सार छली गरी ल्याउदै गरेको अं.मुल्य रू.२०,०००/- बराबरको किसमिस नियन्त्रणमा ।
४. प्रहरी ईकाइ:- प्रहरी चौकी पथलैया बारा ।
 मिति २०८१/०५/२६ गते विहान ०९:३० बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उ.म.न.पा.वडा नं.१ पथलैया चोक स्थितमा बिराटनगरबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र. १-०२-००२- ख ०१६२ नं.को बसलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी रहेको अं.मुल्य रू.३,१६,८००/- बराबरको ३९६ पिस कपडा नियन्त्रणमा ।
 मिति २०८१/०५/२६ गते विहान २३:५० बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उ.म.न.पा.वडा नं.१ पथलैया चोक स्थितमा रौतहटबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.०३-००१ ख २४९७ नं.को बसलाई रोकी चेकजाचँ गर्दा बसको डिक्की भित्र लुकाई छिपाई लगी रहेको चिनी ५० किलो, प्याज ४०० किलो, सुर्ती ४० किलो गरी अं.मुल्य रू.२७,०००/- बराबरको नियन्त्रणमा ।
५. प्रहरी ईकाइ:- प्रहरी चौकी कचोर्वा बारा ।
 मिति २०८१/०५/२६ गते विहान १६:२० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा.वडा नं.९ बसवरीया स्थितमा भन्सार छली गरी ल्याउदै गरेको अं.मुल्य रू.१०,०८०/- बराबरको ६ कार्टुन मजा जुस नियन्त्रणमा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]