०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

युवकको मृत्यु पछी वीरगञ्जको आईसीपी भन्सार क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २८, २०८१

 

पर्सा । बिहीबार अपरान्ह ट्याङ्करले ठक्कर दिएर घाइते भएका मोटरसाइकल चालक टिनु कुमार साह तुराहाको मृत्यु भएपछि स्थानीयहरू आक्रोशित बनेका छन्।

ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ नम्बरको मोटरसाइकललाई बिहीबार करिब साढे ३ बजे ठक्कर दिएको थियो। ठक्करबाट वीरगञ्ज–१७, अलौंका २२ वर्षीय मोटरसाइकल चालक तुराहा गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै गण्डकस्थित बयोधा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारको क्रममा गएराति उनको मृत्यु भएको हो।

आज बिहान तुराहाको मृत्युको खबर फैलिएपछि हजारौं स्थानीय प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले ट्याङ्कर चालकको लापरवाहीले दुर्घटना भएको र जानाजान ठक्कर दिइएको आरोप लगाउँदै प्रदर्शन गरेका छन्। घटनामा संलग्न चालकलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै प्रदर्शनकारीहरू भन्सार क्षेत्रको आईसीपी क्षेत्रमा भेला भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

अहिले पनि भन्सार क्षेत्रमा स्थानीयहरूको प्रदर्शन जारी छ, र स्थिति तनावग्रस्त बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!