बाँके । भदौ १ गते शनिबार बेलुकी साढे ७ बजे बाँकेको राप्ती सोनारी–२ का सन्दीप विष्ट र बैजनाथ–७ पलौतिपुरका सुलभ मल्लमाथि खुँडा प्रहार गरेको आरोपमा राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, ३२ वर्षीय सन्दीप ओली, ३२ वर्षीय रत्न भण्डारी , ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा चलाएको थियो । बाँके अदालतमा आइतबार दिनभर भएको थुनछेक बहसमा आरोपित सबै जनालाई पुर्पक्षको लागी बाँके जिल्ला अदालत नेपालगन्जले बाँके कारागार चलान गर्न आदेश दिएको छ ।