२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

ट्राफिक नियन्त्रण प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवलदारसम्म १५२ औं समूहको तालिम कार्यक्रम समापन

Logo
सागर थापा प्रकाशित सोमबार, भाद्र ३१, २०८१

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा यस कार्यालयमा मिति २०८१।०४।०६ गतेदेखि सञ्चालित “ट्राफिक नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम १५२ औं समूह” को तालिम आज मिति २०८१।०५।३० गते यस कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराज्यूको प्रमुख आतिथ्यतामा समापन भयो ।सो समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र तथा पुरस्कार प्रदान गर्दै तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्य क्षेत्रमा ईमान्दारिताका साथ निर्वाह गरी सेवाग्राहीहरुलाई ट्राफिक प्रहरी र सिङ्गो प्रहरी संगठनको शिर उच्च राख्ने गरी कुशलतापूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । सोही अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्वन्धी प्रतिवेदन पेश गर्दै

ट्राफिक नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम १५२ औं समूहमा प्रहरी सहायक हवल्दार २१ जना र जवान ३९ जना (८ जना महिला) गरी जम्मा ६० जना सहभागी प्रशिक्षार्थीहरु मध्ये ‘क’ श्रेणीमा ४६ जना र ‘ख’ श्रेणीमा १४ जना गरी सम्पूर्ण प्रशिक्षार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराउनु भयो । उक्त कार्यक्रममा तालुक कार्यालयहरुका प्रतिनिधी र यस कार्यालयका सिनियर प्रहरी अधिकृत एवं जुनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]