२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

नेपाल प्रहरीका अवकास प्राप्त एसएसपी गणेश रेग्मीको समर्थनमा एसपी राजेन्द्र बाबु रेग्मी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

 

काठमाडौं । शनिबार मात्र अवकाश प्राप्त काबिल अफिसर गणेश रेग्मीले फेसबुकमा लामो लेख लेख्नु भएको थियो , त्यसलाई समर्थन गर्दै – भर्खरै अवकाश प्राप्त एसपी राजेन्द्र रेग्मी थप लेख्नु हुन्छ—

प्रिय गणेश सर जय नेपालको न्यानो अभिबादन।

हजुरको लेखले सम्रग मानिसहरुमा पुर्ण रुपमा उर्जा भरेको मान्दै केही कुराहरु थप्ने बिचार  गरेको छु।

१–गफ र भाषणमा नैतिकता र शुद्ध राजनीतिको चर्को कुरा गर्नैहरु नै प्रकराकान्तरले भित्रभित्रै कुहिएका छन्।बाहिर स्टन्टबाज गर्नै खोज्दछ भने भित्रभित्रै सबै उस्तै हुन भन्ने भान आम मानिसको बुझाईलाई थप बलप्रदान गर्दछ।

२= कुनै पनि कार्यालयको प्रमुखको नियुक्ति क्षमताका आधारमा नभई राजनीतिक पहुँचका भरमा हुन्छ।

३= आफ्नो पक्षदर मान्छे भयो भने राम्रो सेबा दिने , अर्को पक्षलाई रेस्पोन्स नदिने कर्मचारीहरुको प्रबृत्तिकोपुरानो रोग हो।

४= बिचारबिहिन , एजेन्डा बिहिन,क्षमता बिहिन , परम्परागत राजनिती , गलीत ,थकित , दिगभ्रमित,अर्धचेतन र सधै सत्ता निर्माणको लागि अरुको मुख ताक्नेहरुबाट नयाँ युगको शुरुआत हुनै सक्दैन।

५=मुलुकमा जे जस्तो नेता छ।आफ्नो बिकल्पमा त्यस्तै ब्यक्ति खोज्दछ।

६=असललाई जसले बिरोध गर्दछ।उ स्वभाबीक रुपमा खराब छ।

७= मान्छेको व्यवहार, आचरण,परम्परा , नीति , विधि , पद्धति र सनातनदेखि चलिआएको बिरासतले मात्रउसको संस्कार निर्धारण गरिएको हुन्छ।

८= अरु मुलुकमा के हुन्छ , के अभ्यास छ भनेर सोच्नु भन्दा आफ्नो मुलुकमा के गर्नै सकिन्छ भनेरबास्तबिकताको धरातलमा रहेर तपाईं हामी पद र शक्तिमा रहदा आर्दश समाज निर्माणको लागि हाम्रोप्रयास रहयो वा रहेन भन्ने प्रश्नन ठूलो कुरा हो।

९=सरकारको एक जिम्मेवार मन्त्रीले प्रहरी महानिरीक्षकको जिब्रो थुत्छु भनेर बिबादास्पद अभिब्यक्ति दिदास्वंम ताप्के तातेर प्रहरी महानिरीक्षक वसन्त बाहादुर कुवँरले प्रधानमन्त्री र गृहमन्त्री समक्ष डटेर तर्क बिर्तकराखेर मन्त्रीलाई माफी मगाउन सक्नु पर्दछ ।वसन्त बाहादुर भनेको एकल मान्छे होइन सम्रग नेपाल प्रहरीको(करीब ७९०००) नेतृत्व कर्ता हो।

१०= ततकालिन अबस्थाको प्रनि शिबजी श्रेष्ठ सरको शब्दलाई सापटि लिने हो भने मध्य क्षेत्र प्रहरीकार्यालयका (भकृटि मण्डप) डिआजी रामकाजी बान्तवा महेन्द्र पुलिस क्लबमा बस्दै गर्दा तत्कालीनगृहमन्त्री केपी ओलीको आगमन हुदा शिबजी श्रेष्ठले जाहेर गर्दा समेत गृह मन्त्री  ज्यु आफ्नो कामले आएकोहोलान ।बेकारमा हामीले हल्ला गर्नै जरुरी छैन भनेर बान्तवा सर आफ्नेै काममा ब्यस्त रहे।

११= २०५५ सालमा तत्कालीन प्रहरी महानिरीक्षक अच्युत कृष्न खरेलले राजनीतिका शिखर पुरष तत्कालीनप्रधानमन्त्री  गिरिजा बाबू सँग जुन हिसाबले तर्क बिर्तक राख्थे ।त्यहि हिसाबमा प्रधानमन्त्री र गृहमन्त्री सँगतर्क बिर्तक राख्ने क्षमताको बिकाश प्रहरी महानिरीक्षकले गर्नुपरयो।र पहिलोपटक गृहमन्त्री बनेर आएकारबी लामिछानेले प्रहरी प्रधान कार्यालय निर्देशनको क्रममा केही बोल्दै जादा धन्यवाद दिने क्रममा तत्कालीनप्रहरी महानिरीक्षक धिरज प्रताप सिह कुटनैतिक तबरबाट नै गतिलो जबाफ दिएका थिए।

१२=आम नेपाल प्रहरीहरु मध्य केही प्रहरी अधिकृतहरु  ब्यक्तिगत फाईदाको लागि एक अर्कोको बिरुद्धप्रयोग ,अस्वस्थ प्रतिस्पर्धा र गलत कामको लागि समेत राजनैतिक दलहरुको प्रयोगको कारणले प्रहरीकोकार्यक्षमतामा ह्रास आउन सक्ने देखिन्छ  मन्त्रीहरुको जन्म भैइरहनेछ।

त्यसैले ब्यक्तिलाई राय सुझाब दिनु भन्दा प्रणालीगत रुपमा नै केस्रा केस्सा गरि केलाउनु जरुरी छ।

१५= जबसम्म राजनीतिक दलका कार्यकर्ता हरुको उच्च नेतृत्वको चाकरीमा भक्त र बन्दनामा बाहुल्यतारहन्छ।यस्ता प्रकारको तूच्छ अभिब्यक्ति र बाण रुपी बचनको बाढि आईरहन्छ नै।

१६= आम नेपालीहरुले अरुलाई नराम्रो आफू मात्र राम्रो भन्ने सोचलाई त्यागेर सम्रग रुपमा सामुहिक रुपमाजान सक्यो भने मात्र देशमा नयाँ युगको पारभ्ब होला ।होइन भने रेमिटान्सको भरमा थोत्रो र खण्डलहरकोरुपमा देशलाई परिभाषित गर्नुपर्ला।हैन र?

लेखक – राजेन्द्र बाबु रेग्मी भर्खरै अवकास प्राप्त एसपी हुनहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]