२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

एआईजी सुदिप गिरीद्वारा लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलको निरीक्षण

Logo
सागर थापा प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

एआईजी सुदिप गिरीद्वारा लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलको निरीक्षण

बुटवल । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१” को कार्यतालिका बमोजिम आज मिति २०८१ असोज १ गते केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी सहितको निरीक्षण टोलीद्वारा निरीक्षण अनुगमन गर्नुभयो सो क्रममा उँहाले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुको साथै वृक्षारोपण समेत गर्नुभयो ।

निरीक्षण भ्रमणका क्रममा प्र.अ.म.नि.ज्युबाट यस कार्यालयको भवन, प्रशासन, प्रबन्ध, लेखा, सञ्चार, एम. टि., भर्ना छनोट तथा घुम्ती शाखा, तालिम शाखा, पुस्तकालय, ई-लाईबेरी, कवाज मैदान, बाधापार, मेश, क्यान्टीन लगायत ब्यारेकको अवस्था र शाखाको अभिलेख व्यवस्थापन समेतका विषयमा अनुगमन तथा निरिक्षण गर्नु भएको छ । कार्यक्रममा भिड नियन्त्रण तालिम ११० औ समुहबाट सिलसिलेबार बलको प्रयोग सम्बन्धी अभ्यासको प्रस्तुति गराईएको थियो ।
कार्यक्रममा यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठज्यूले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको समग्र वस्तुस्थितिको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीबाट यस केन्द्रमा कार्यरत सम्पुर्ण प्रहरी क्रमचारीहरुलाई तालिम केन्द्र Center for Excellence रहेकाले यहाँ रहने क्रर्मचारी संगठनको उद्देश्य र मर्मअनुरुप तोकिएको निर्देशन बमोजिम कार्यसम्पादन गर्न निर्देशन सम्बोधन गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

error: Content is protected !!