२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

कैलाली कारागारभित्र कैदीबन्दीको रहस्यमय मृत्यु भएको घटनामा एक युवती पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

 

धनगढी । घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको घटनामा प्रहरीले एक युवतीलाई समातेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले मृतककी प्रेमिकासमेत रहेकी युवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जानकारी दिए।

उनका अनुसार प्रेमिकाले नै विकको मृत्युमा भूमिका खेलेको देखिएको छ। मृतक विक जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय मृत्यु भएको हो। प्रहरीले शौचालयमा ढलेका उनको मृत्यु भएको बताएको छ।

उता कारागारभित्रकै एक समूहले भने विकको कुटेर हत्या गरेको आरोप समेत लगाएको थियो। तर त्यसमा सत्यता नभएको प्रहरीकै दाबी छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतकले कारागारभित्र विष सेवन गरेको देखिएको छ। यस्तै कैलाली कारागारका जेलर दिपक पाण्डेका अनुसार विककी प्रेमिकाले अचारको डिब्बाभित्र विष राखेको र सो विष सेवन गरेर उनको मृत्यु भएको हो।

अहिले तिनै महिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ।

स्रोतका अनुसार मृतकले ३६ पानाको सु–साइड नोटसमेत लेखेका छन्। २०८० फागुन ३ गते विक जिल्ला अदालत कैलालीको आदेशले जबरजस्ती करणी मुद्दा अन्तर्गत हाडनाता करणीमा उनी कारागार चलान भएका थिए। उनी पुर्पक्षकै क्रममा कारागारमा थिए। उनी हिजो २ः५० बजेको समयमा शौचालय पसेर बाहिर निस्कदा उल्टी गर्दै आएको अवस्थामा देखा परेका थिए।

त्यसपछि एक जना कैदीबन्दीले गेटमा रहेका सुरक्षाकर्मीलाई खबर गरे। सुरक्षाकर्मीले आफूलाई खबर गरेपछि तुरुन्तै ती व्यक्तिलाई बाहिर निकालिको जेलर पाण्डेले बताए। उनको साथमा सल्फासको प्याकेट खोलिएको अवस्थामा फेला परेको उनले बताए। त्यसपछि उनलाई गाडीमा राखेर सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको साँझ ६ बजे मृत्यु भएको जेलर पाण्डेले बताए।

त्यस्तै जेलरका अनुसार जेलभित्र सीसीटीभी फुटेज हेर्दा मृतकलाई भेट्न आउने सबैको विवरण हेर्दा जसले जबरजस्ती करणी गर्यो भनेर मुद्दा दायर गरेकी थिइन् तीनै महिला पटकपटक ती कैदीबन्दीलाई भेट्न आउने गरेको पाइयो।

ती दुई जनाबिच फोन सम्पर्क भइरहने, उनीहरुबिच गहिरो प्रेम सम्वन्ध रहेको, महिला नियमित रुपमा कैदीन्दीसँग सम्पर्कमा रहेको खुलेको छ। ती महिला पटकपटक भेट्न आउने अनि खानेकुरा लिएर आउने

गरेको पनि पाइयो। २६ गते पनि ती महिला भेट्न आएको देखिएको छ। सो दिन ती महिलाले अचारको बट्टा, फलफुल र एक हजार रुपैयाँ नगद दिएको देखिएको छ।

अब के देखियो भने अचारको बट्टाभित्र सेन्टरफ्रुट्स र त्यो भित्र सलफासको प्याकेट राखेर दिएको पत्ता लागेको छ। सोहेर सल्फास खाएर विकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको दाबी छ।

जेल प्रशासनको लापरबाहीका कारण जेलभित्र विष पुगेको देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

error: Content is protected !!