२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एआईजी गिरीद्वारा जिल्ला प्रहरी रुपन्देही एवं मातहत सम्पूर्ण प्रहरी कार्यालयको निरीक्षण

Logo
सागर थापा प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

रुपन्देही । भैरहवा नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१” मापदण्ड बमोजिम आज मिति २०८१।०६।०१ गतेका दिन केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवं तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाण्डौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुदिप गिरीसहितको निरीक्षण टोलीद्वारा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीको निरीक्षण अनुगमन गर्नुभएको छ ।


निरीक्षण क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी गिरीबाट इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीमा भए गरेका सिर्जनशील एवम् रचनात्मक कार्यहरूका साथै शाखाहरूबाट सम्पादित कार्यहरू, सेवा प्रवाहको अवस्था र अभिलेख व्यवस्थापन समेतका विषयमा अनुगमन मूल्याङ्कन कार्य समेतको निरीक्षण गर्नुभई वृक्षारोपण समेत गर्नुभयो ।


साथै उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीका कार्यालय प्रमुख कृष्ण प्रसाद घिमिरेले समग्र वस्तुस्थितिको बारेमा प्रस्तुतीकरण गर्नु भएको, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी कुवेर कडायतको प्रमुख अतिथिलाई मायाको चिनो प्रदान भएको र प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले प्रहरी कर्मचारीहरुलाई विविध विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जित सिंह राठौरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!