२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एआईजी गिरीद्वारा जिल्ला प्रहरी रुपन्देही एवं मातहत सम्पूर्ण प्रहरी कार्यालयको निरीक्षण

Logo
सागर थापा प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

रुपन्देही । भैरहवा नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१” मापदण्ड बमोजिम आज मिति २०८१।०६।०१ गतेका दिन केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवं तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाण्डौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुदिप गिरीसहितको निरीक्षण टोलीद्वारा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीको निरीक्षण अनुगमन गर्नुभएको छ ।


निरीक्षण क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी गिरीबाट इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीमा भए गरेका सिर्जनशील एवम् रचनात्मक कार्यहरूका साथै शाखाहरूबाट सम्पादित कार्यहरू, सेवा प्रवाहको अवस्था र अभिलेख व्यवस्थापन समेतका विषयमा अनुगमन मूल्याङ्कन कार्य समेतको निरीक्षण गर्नुभई वृक्षारोपण समेत गर्नुभयो ।


साथै उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीका कार्यालय प्रमुख कृष्ण प्रसाद घिमिरेले समग्र वस्तुस्थितिको बारेमा प्रस्तुतीकरण गर्नु भएको, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी कुवेर कडायतको प्रमुख अतिथिलाई मायाको चिनो प्रदान भएको र प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले प्रहरी कर्मचारीहरुलाई विविध विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जित सिंह राठौरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]