२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

स्रोत नखुलेको १४ लाखभन्दा बढी रकमसहित तीन जना सिरहा प्रहरीद्वारा पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०२, २०८१

 

सिरहा । लहान भगवानपुर सडकखण्डको सखुवानन्कारकट्टी ५ बाट १४ लाख १९ हजार आठ सय ९० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनीहरू हुण्डी कारोबारी रहेको प्रहरीले जनाएको छ । स९प ११६२ नम्बरको मोटरसाइकलमा भगवानपुर चोकबाट लहानतर्फ आइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले सप्तरीको राजविराज १० का ५७ वर्षीय मजित मियाँका साथबाट आठ लाख १४ हजार आठ सय ९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने २८ वर्षीय मोहमद अलाउदिनको साथबाट दुई लाख चार हजार पाँच सय र स्थानीय २३ वर्षीय अजय चौधरीको साथबाट चार लाख पाँच सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सापकोटाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]