२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

कपिलवस्तु प्रहरीले हतियारसहित दुई जना भारतीय नागरिकहरु पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन ०५, २०८१

 

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको बेला चेकजाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको बताउनुभयो ।

उनिहरुको साथबाट पाँच राउण्ड गोली लोड भएको मेड इन कानपुर लेखेको रिभल्भर नाल एक र एक थान गोलीको खोका समेत फेला परेको उहाँले बताउनुभयो । पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश पिपरा गौतम पिकउरा जनुबि महसोन वस्ति बस्ने ३५ वर्षीय प्रितम कुमार र देवापार, देवापार हरनखा बस्तीका २२ वर्षीय सुरज द्धिवेदी रहेको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो ।

सुरजले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा सो हतियार र गोली बरामद भएको उहाँको भनाइ छ । उनीहरुको साथबाट तीन थान मोबाइल फेनरामाइन इन्जेक्सन थान–३, प्लाष्टिकसहित प्याक गरिएको सिरिन्ज थान–२, एम्पुलेक्स पत्ता थान–१, नाम नखुलेको अन्य औषधीको खाली पत्ताहरु समेत बरामद भएको छ ।

दुबै जना लागूऔषध सेवन गरी लठ्ठीएको अवस्थामा पक्राउ परेका थिए । घटनाको अनुसन्धान  र दुबै जनासँग सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक वलीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]