२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

बाँके एसपी कार्कीलाई उत्कृष्ट कार्य गरेकोले लुम्बिनी प्रदेश प्रहरीले प्रशंसा पत्र तथा नगद पुरस्कार

Logo
सागर थापा प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

 

बाँके । नेपाल प्रहरी कार्य योजना २०८० बमोजिम यस कार्यालयले लक्ष हासिल गर्न सफल भएकोले तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानरीक्षक कुबेर कडायतले आज मिति २०८१।०६।०८ गते यस जिल्ला प्रहरी कार्यालयलाई प्रशंसा पत्र प्रदान गर्नुका साथै यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीलाई तिनपुस्तेमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गर्नु भएको छ ।


साथै यस जिल्ला प्रहरी कार्यालय बाँकेबाट तयार पारिएको उत्कृष्ट प्रहरी ईकाई छनौट सम्बन्धी मापदण्ड, २०८१ बमोजिम इलाका प्रहरी कार्यालय भगवानपुर बाँके (कार्यकाल:- प्र.नि. टोपेन्द्र बुढा मगर) ले उत्कृष्ट तवरले कार्य सम्पादन गरेको पाईएको हुँदा २०८१ भदौ महिनाको “उत्कृष्ट प्रहरी इकाई” घोषणा गरी कदर पत्र प्रदान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]