२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

ईप्रका खितलपुर दाङको आयोजनामा मिड एकेडेमीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

 

दाङ । शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणको मूल उद्देश्य रहेको उक्त सचेतना कार्यक्रममा प्रहरी निरिक्षक खिम बहादुर खड्‌काले नेपालको संविधान- २०७२ मा उल्लेखित बाल अधिकार र कर्तब्यको बारेमा जानकारी गराउनु‌को साथै गाउँ समाजमा व्याप्त बाल शोषण, अन्याय, अत्याचार, घरेलु हिंसा र गाउँ, समाजमा रहेको बाल बालिका बिकास प्रतिकूल वातावरण विरुद्ध कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई सचेत गराउनु भएको थियो । ‘प्रहरी मेरो साथी`। भनिए झै, बालबालिका र प्रहरी बिच पनि शुमधुर सम्बन्ध रहेमा गाउँ टोल समाज र राष्ट्रमा स्वच्छ र शान्तिपूर्ण वातावरण निर्माण भई बालबालिकाको उज्वल र सुनिश्चित भविष्य निर्माण हुने कुरामा पनि प्रहरी निरिक्षक खिम बहादुर खड्‌काले जोड दिनु भयो। ‘समुदाय – प्रहरी साझेदारी’ कार्यक्रमले विद्यार्थी भाइ बहिनीहरु‌लाई सचेत मात्र नगराई उनिहरुलाई थप अनुशासित बनाई भविष्यमा अझ जिम्मेवार बनि समाज र राष्ट्र निर्माणमा लाग्न प्रेरणा दिने कुरामा सहयोग गर्ने कुरा विद्यालयका प्रधानाध्यापक विर बहादुर घर्तिले बताउनु भयो । यि र यस्तै कार्यक्रमहरु ल्याएर बालबालबालिका लगाएत गाउँ समाजमा सचेता फैलाउने कार्यक्रममा अग्रसर भएकोमा नेपाल प्रहरी एवं ईलाका प्रहरी कार्यालय खिलतपुर, दाङ‌लाई विद्यालय व्यवस्थापनका अध्ययक्ष सुवोध कुमार डागीले विशेष धन्यबाद दिनुभयो । उक्त कार्यक्रममा विद्यालयका कक्षा ८, ९, १० का करिब दुई सय विद्यार्थीहरु सहभागी रहेको बिद्यालयकी शिक्षिका आर्ज के.सी ले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]