२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दुर्घटनाबाट बच्न नेपालगन्जमा छाडा चौपायाहरुलाई रिफ्लेक्टर स्टिकर टासियो

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १३, २०८१

 

बाँके । स्थानिय तह, ट्राफिक प्रहरी, प्रशासनलाई छाडा व्यवस्थापनको लागि सकस हुने गरेको छ। चौपाय व्यवस्थापनको लागि विभिन्न योजना ल्याएको भएपनि स्थायी रुपमा समाधान हुन सकेको छैन ।

दिउसमा मात्र नभई छाडा गाइबस्तुले रातको समयमा पनि दुर्घट्ना गराउने गरेको छ । त्यसरी रातको समयमा हुने दुर्घट्ना कम गर्न प्रहरीले छाडा चौपायामा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाइदिने अभियान सुरु गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–६ र ४ स्थित सडकमा भेटिने छाडा चौपायलाई समाएर वडा प्रहरी कार्यालय नेपालगन्ज र अस्थाई ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राबाट खटिएको संयुक्त टोलीले रिफ्लेक्टर स्टिकर टाँसेको हो ।

टल्कने रिफ्लेक्टर स्टिकरले रातको समयमा सडकमा चौपाय रहेको थाहा दिने हुनाले दुर्घटना कम हुने वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले बताए । उनले भने, तर छाडा गाइबस्तुलाई स्टिकर लगाउन सहज भने छैन। ‘हाम्रो प्रयास छाडा चौपाय जति सबैलाई स्टिकर लगाउने हो । तर गाह्रो छ, प्रहरीको युनिफम देखे गाइहरुले झम्टिन खोज्छन्।’ निरीक्षक बमले भने ‘त्यसैले सिभिल ड्रेसमा गएर फकाइ फकाई लगाइदिनुपर्ने हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]