रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्।
प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए।
त्यस्तै मुसिकोटमा वडा अध्यक्षको नेतृत्वमा नै अस्थायी प्रहरी चौकीमा आक्रमण भएको घटना समेत भएको प्रहरीले जनाएको छ, जहाँ खाना खाइरहेको समयमा चौकीमा आक्रमण गरी २ जना प्रहरी जवानलाई कुटपिट गरिएको थियो।
पक्राउ परेका वडा अध्यक्षमाथि सरकारी कर्मचारीमाथि हातपात तथा अभद्र व्यवहार कसुरमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।