२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

गृहमन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रजिअहरूको सरुवा गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन १४, २०८१

 

काठमाडौं । मन्त्रालयले आज काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरूलाई फेरेको हो। सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै सेडाईको स्थानमा मन्त्रालयका उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ।

यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा झिकाएर पाण्डेको स्थानमा मन्त्रालयका सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]