२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

चाडपर्वहरु नजिकिदै गर्दा प्रहरीले सवारी चालकहरुलाई सचेतना कार्यक्रमहरुलाई तिब्रता दिदै

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

 

दाङ । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यका साथ पश्चिम दाङको रजैचामा इलाका प्रहरी कार्यालय खिलतपुरको आयोजनामा सवारी चालकहरुलाई सचेतना अभिबृद्धि कार्यक्रमको आयोजना गरिएको छ ।
सो अवसरमा इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरिक्षक खिम बहादुर खड्काले मानबिय कारणले हुने सवारी दुर्घटना कम गर्न सकिने हुदाँ चालकहरुलाई सचेत भई सवारी चलाउन अनुरोध गर्नुभयो । चाडपर्वमा बढी भिडभाड हुने र चालकहरुबिच तिब्र प्रतिसप्रर्धा हुने हुदाँ दुर्घटना बढ्ने गरेको उहाँको भनाई थियो ।
यस्तै शान्तिनगरपालिका गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष ‍‍‌ओपेन्द्र बहादुर रावतले दुर्घटना न्युनिकरण गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
यस्तै अस्थाई ट्राफिक प्रहरी पोष्ट खिलतपुरका ईन्चार्ज प्रहरी सहायक हवलदार पुर्ण केसीले सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष बेत प्रकाश वली र सार्वजनिक मालिका कालिका यातायात प्रा.लिका उपाध्यक्ष होम परियारले शुभकामना मन्तब्य राख्नुभएको थियो । समुदाय प्रहरी साझेदारी अन्तर्गत आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधी, प्रहरी कर्मचारीहरु,ट्राफिक प्रहरी, पत्रकार लागाएत सवारी चालकहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]