२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

दाङ प्रहरीले घोराहीबाट ब्यक्ति अपहरण गर्ने समुहलाई पक्राउ गर्न सफल

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २१, २०८१

 

दाङ । दाङमा एक जना ब्यक्ति अपहरण घटनामा दुइ जनालाई प्रहरीले समातेको छ । ब्यक्ति अपहरणको सुचना पाए लगत्तै खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टाेलिले अपहरणमा परेका घोराही १५ बिपि चोक निबासी बर्ष २०/२१ आयुष केसिलाई प्रहरीकै सकुशल उद्धार गरेको छ । पैसाको लेनदेन नमिलेपछि केसिलाई घोराहीबाट बा १५ च ९६९६ रातो फोर्ड गाडिमा हालि अपहरण गरेका नवलपरासी कावासोति ८ का बर्ष २० का साहिल ढकाल र सोही ठाउँ निबासी बर्ष २५ का बिपिन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले चारैतिरबाट खोजी तिब्र पारेपछि लमही कुलमोड नजिकैबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेपछि उनिहरुमाथी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

error: Content is protected !!