२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

नेपालगन्जबाट रुकुम हिनेको फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा १६ जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन २४, २०८१

 

सल्यान । नेपालगञ्जबाट रुकुम पश्चिम जाँदै गरेको लु २ ख ५००२ नम्बरको फोर्स गाडी बिहीबार बिहान सल्यान कुमाख गाउँपालिका ३ गुरेली खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का ३३ वर्षीय त्रिलोचन गिरी, सल्यान कुमाख गाउँपालिका ३ का २२ वर्षीय सन्तोष राना, ५५ वर्षीय बसन्त भारती, ३२ वर्षीया गीता बुढा, ६० वर्षीया बसन्ता भारती, रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै कुमाख गाउँपालिका १ की २८ वर्षीया विष्णु चन्द, ३४ वर्षीय घनश्याम केसी, वडा न ३ का २२ वर्षीय पारस भारती, २३ वर्षीया सम्झना भारती,, वडा न ६ का २५ वर्षीय हरि सुनार, वडा न ३ का १५ वर्षीय विनोद नाथ योगी, १८ वर्षीया विनता नाथ योगी घाइते भएको जिल्ला प्रहरी कार्याललय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

यस्तै वडा न १ की १३ वर्षीया सलिना शाही, २१ वर्षीय दिपक नाथ योगी, २० वर्षीया सुजाता बुढाथाकी र २० वर्षीया विन्दु लामिछाने रहेका छन् । घाइते १६ जनामध्ये १४ जनाको चौरजहारी मिसन अस्पताल रुकुम पश्चिम पठाइएको छ भने त्रिलोचन गिरी र गिता बुढालाई नेपालगञ्ज रिफर गरिएको उनको भनाइ छ ।

ब्रेक फेल भइ भित्ताका गाडी ठोक्किँदा गाडीमा सवार २० जनामध्ये १६ जना घाइते भएको प्रहरीको भनाइ छ । गाडी चालक कुमाख गाउँपालिका ३ का  २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]