२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

भारतले प्रशोधित तेल आयातमा लगाएको प्रतिबन्ध हटाएपछि नेपालका तेल व्यवसायी उत्साह

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आश्विन २४, २०८१

 

काठमाडौं । दुई वर्षदेखि तेल आयातमा प्रतिबन्ध लगाएको भारत सरकारले एक महिना अघि विज्ञप्ति जारी गर्दै खानेतेलको अभावका कारण नेपालतर्फको प्रशोधित तेल आयातलाई फुकुवा गरेको थियो। यस निर्णयसँगै नेपाली तेल उद्योगले पुन: सञ्चालनमा आउने संकेत देखाएका छन्।

भारतको उद्योग मन्त्रालय अन्तर्गतको डाइरेक्टर जेनरल अफ फरेन ट्रेड (डीजीएफटी) द्वारा जारी सूचनामा भारतले प्रशोधित तेल आयातमा भन्सार महसूल शून्य बनाएको छ।

यसअघि, नेपाललगायत अन्य मुलुकबाट प्रशोधित तेल आयात गर्दा २० प्रतिशत भन्सार महसूल लाग्ने गरेको थियो, जसले गर्दा नेपालबाट तेल निर्यात महँगो भएको थियो। यसका कारण नेपाली तेल उद्योगले उत्पादन रोकेर निर्यात बन्द गर्न बाध्य भएका थिए।

नेपाल चामल, दाल, तेल संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोध गुप्ताका अनुसार वीरगञ्जमा रहेका ९ वटा तेल उद्योग दुई वर्षदेखि बन्द अवस्थामा रहेका थिए। “तेल उद्योगको स्थापनाका लागि करिब ४ देखि ५ अर्बको लगानी आवश्यक पर्छ, र वीरगञ्जको औद्योगिक क्षेत्रमा यस्ता ९ वटा उद्योग सञ्चालनमा छन्,” उनले भने।

भारतको निर्णयपछि यी उद्योगहरू पुन: सञ्चालनमा आउने क्रममा रहेका छन्। केही उद्योगहरूले १५ प्रतिशतको उत्पादन क्षमतामा बढोत्तरी गरिसकेका छन् भने अन्य उद्योगहरूले परीक्षणको काम समेत सुरु गरेका छन्। व्यवसायीहरू इन्डोनेशिया, मलेसिया, थाइल्याण्ड र युक्रेनबाट कच्चा तेल (क्रुड आयल) आयात गर्ने तयारी गरिरहेका छन्।

वीरगञ्जका व्यवसायी सुरेश रूँगटाका अनुसार केही तेल उद्योगहरूले कच्चा तेलका लागि अन्तर्राष्ट्रिय बजारमा अर्डर दिइसकेका छन् र आयातपछि तेलको उत्पादन पूर्ण क्षमतामा हुनेछ। कच्चा तेल आयात र प्रशोधनपछि निर्यातका लागि करीब डेढ महिना लाग्ने अनुमान गरिएको छ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा शिवशक्ति घ्यू उद्योग, सुशील वनस्पति, नारायणी आयल रिफाइनरी, अन्नपूर्ण भेजिटेबल, गणपति वनस्पति प्रालि, ओसिबी फूड्स एन्ड फिड्स, सिजी आयल एन्ड डेलिभेटिव्स, महालक्ष्मी सोल्भेन एन्ड रिफाइनरी र नन्दन आयल रिफाइनरी प्रालि जस्ता ९ उद्योग सञ्चालनमा छन्।

भारतको यो निर्णयले नेपाली तेल उद्योगलाई ठूलो राहत दिएको छ र आगामी दिनमा पुनः व्यापारिक गतिविधि बढ्ने आशा व्यवसायीहरूले व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]