पर्सा । बिरगंज नेपाल भारत सिमाको दशगजा क्षेत्रमा नेपाली सुरक्षाकर्मीहरुले बन्दुकको खोका फेला परेको छ । स्थानियहरुका अनुसार त्यो खोका एक जना नेपाली युवालाई ताकेर भारतीय एसएसबीको टोलीले चलाएको गोलीको हो । यद्यपी प्रहरीले भने यसको पुष्टी गरेको छैन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता दिपक भारतीले दशगजा क्षेत्रमा बन्दुकको खोका फेला पारेको भएपनि फड्काइएको वारे जानकारी नआएको बताए । उनले घटना शंकास्पद रहेको वताउँदै घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए ।
घटनाको बिषयमा थप जानकारी दिन जिल्ला प्रहरीको पर्साको बिशेष टोली दशगजा क्षेत्रमा परिचालन गरिएको तथा थप बिवरण आउँन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नेपाल भारतको सिमा पिलर भन्दा भित्र एसएसवी छिरेको तथा गोली प्रहार गरेको स्थानियहरुको भनाई छ । स्थानिय प्रहरीका अनुसार झण्डै २०० मिटर भित्र खोका फोला परेको छ ।
एसएसबीले किन गोली चलाएको हो ? भन्ने बारे अहिले सम्म केही खुलेको छैन् । गोली प्रहारबाट केहि हाताहात भएको छैन् । गोली बाटोमा लागेको तथा खोका त्यही स्थानमा फेला परेको प्रहरीको भनाई छ ।
भारतीय पक्षले आत्मा रक्षाको लागि हवाई फाइरिङ्ग गरेको दावी गरेको छ । चेक जाँचको क्रममा तस्करहरु भागेको तथा एसएसवी माथी आक्रमणको प्रयास गरेपछि आत्मरक्षामा गोली हवाई फायरिङ्ग गरिएको उनीहरुको दावी गरेको छ । दशगजा क्षेत्रमा अहिले तनावको स्थिती छ । नेपाली सुरक्षाकर्मीहरुको तथा स्थानियहरुको अहिले सो क्षेत्रमा भिड रहेको छ ।