भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरबाट मोवाइलसहितका सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी लक्ष्मी प्रहरी नायव उपरिक्षक खनालका अनुसारका अनुसार चेकजाच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी निकासीर पैठारी गरेको अवस्थामा मोवाइलसहितका सामान बरामद गरिएको हो ।
अन्दाजी ११ लाख ५१ हजार ८ सय रुपैयाँ बरावरको सामानहरु बरामद गरिएको छ। बरामद गरिएका सामानहरुमा ३० वटा आइफोन, जुता ७० जोर , चकलेट ८ कार्टुन बुकी पेपर चार बोरा, ताजा फुल तथा फुलका बिरुवाहरु ७० केजी रहेका छन् ।बरामद सामानहरु आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।