२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीको रिक्त एआइजी पदमा बढुवामा सिफारिससँगै तल्लो तहमा पनि बढुवाको सरगर्मी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ०६, २०८१

 

काठमाडौं । बढुवाका आकांक्षीहंरु शक्तिकेन्द्र धाउन थालिसकेका छन्। खासगरी डिआईजी र एसएसपी बढुवामा ठूलो रस्साकस्सी छ।

हाल प्रशासनतर्फ डिआइजीका चार र एसएसपीका १२ पद रिक्त छन्। एआइजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिकमा अवकाश पाएपछि डिआइजीका ५ पद रिक्त हुनेछन्।

११ कात्तिकमा डिआइजी राजेश बास्तोलाले अवकाश पाउने भएकाले त्यसबेला डिआइजीको थप एक पद रिक्त हुनेछ भने एआइजी रामदत्त जोशीले १८ कात्तिकमा अवकाश पाउनेछन् ।

जसअनुसार तिहारपछि डिआइजीका सात पद रिक्त हुने छन् । जसकारण डिआइजीको बढुवा भने तिहारपछि मात्र हुने ।

तिहारपछि सुरुमा दुई एआइजीको बढुवा गर्नुपर्ने हुन्छ । जसमा दुर्गा सिंह र बुद्धीराज गुरुङ प्रमुख दाबेदार छन् ।

एआइजीपछि डिआइजी र एसएसपीको बढुवा गर्नुपर्ने भएकाले मंसिरमा मात्र प्रक्रिया हुने सम्भावना छ।  सात पद रिक्त भएपनि डिआइजी बढुवामा दुई दर्जन एसएसपीबीच प्रतिस्पर्धा छ।

धुव्रराज राउत, दिनेश आचार्य ,भोला रावल, गणेश चन्द, शिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की र बरियतामा अगाडि छन्।त्यस्तै, अरुण पौडेल, गोविन्द थपलिया, माधव प्रसाद श्रेष्ठ, दिपेन्द्र जिसी, दिपक रेग्मी, दिलिपसिंह देउजा, विनोद घिमिरे , सुदर्शन कोइराला, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ, संजीव शर्मा दास , तुल बहादुर कार्की र शारदा प्रसाद चौधरी समेत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]