२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले पाए असोज महिनाको उत्कृष्ट प्रहरी अवार्ड

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ०६, २०८१

 

कपिलवस्तु । कृष्णनगर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मासिक रुपमा दिदै आएको उत्कृष्ट प्रहरी पुरस्कार इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले पाएका छन्।

संगठनले दिएको जिम्मेवारी पूर्ण रूपले कर्तव्यनिष्ट भई अपराध अनुसंधान र प्रहरी कार्यवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै हिन्दू हरूको महान चाड बडा दशैको अवसरमा मूर्ति विसर्जनमा व्यवस्थित रूपमा प्रहरी परिचालन तथा स्थानीय स्तरमा राम्रो समन्वयात्मक भूमिका निर्वाह गरि आम नागरिक माझ प्रहरी संगठनको गरिमामा योगदान पुर्याएकाले प्रशंसा पत्र सहित सम्मानित भएका छन्।

प्रशांत पत्र पाएकाले कृष्णनगरका स्थानीय हरुले प्रहरी निरिक्षक सुरज खत्रीले गरेको राम्रो कामको उचित मूल्यांकन गर्दे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सम्मान गरेको राम्रो कदम रहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक निरंजन दत्त भट्टको हस्ताक्षरित प्रशंसा पत्र आज प्रदान गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!