गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनसार गुल्मीदरबार-४ बस्ने बर्ष ३० को कृष्ण बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा लु८प १०५३ नम्बरको मोटरसाइकलमा आगो लागेको हो ।
आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा क्षति भएपनि पेट्रोल पम्प वरीपरी र अन्य मानवीय क्षति भने हुन नपाएको उनले बताए । मोटरसाइकलमा लागेको आगो नेपाल प्रहरी र रेसुङ्गा नगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिएका थिए । अचानक मोटरसाइकल जल्नुको कारण भने थाहा भएको छैन ।