२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सातमारा महोत्सवको चर्चित गायिका तथा मोडेल ज्योती मगरलगायत कलाकारको प्रस्तुती

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, कार्तिक ०८, २०८१

 

दाङ । भालुवाङ अर्घाखाँचीको शितगंगा नगरपालिका ८ सातमारामा सञ्चालित दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सवको बुधवार छैठौं दिन चर्चित गायिका तथा मोडेल ज्योती मगर, गायक कृष्ण रेउले, गायक तथा उद्घोषक राजेश भण्डारीले आफ्ना प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् ।

संस्कृतिको मौलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा सञ्चालित महोत्सवमा तीनै जना कलाकारहरुले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।
महोत्सवमा आज साझ चर्चित गायिका ज्योती मगरले जुरुक जुरुक पार्दै नचाएकी छन् ।

सबै भन्दा पछिल्लो क्रममा आफ्नो प्रस्तुती राख्न स्टेजमा आएकी ज्योती छोटा लुगामा देखिइन । दिनभरी घाम लागे पनि साँझपख मौसम चिसो हुन शुरु गरी सकेको थियो तर ज्योती मगर छोटो लुगामा आफ्नो प्रस्तुति राख्दै गर्दा हजारौ युवालाई आफुसगै नचाउदै बातावरण तताईन् । जिम्वाल बा को छोरी , उही मुलाको सिन्की, मायालाई बैना भो, ढाडे बिरालो, सुर्खेत बुलबुल, पिरतीमा दम छ लगायतका आधा दर्जन गीत प्रस्तुत गरेर दर्शकलाई नचाएकी उनको पहिरन र हाउभाउले दर्शकलाई उत्तेजित बनाउदै आएकी ज्योतीको गीत प्रस्तुत गर्ने क्रममा धेरै जसो दर्शक मोबाईलमा दृष्य खिच्न ब्यस्त देखिएका थिए । हजारौ दर्शक उफ्रदा महोत्सव स्थल धुलाम्मे भएको थियो ।

त्यस्तै गायक कृष्ण रेउले पनि आफ्ना प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । उनले आज गाउँमा बिजुली चम्क्यो, झार्मे गित लगायत गित मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यस्तै महोत्सवमा डान्सरहरू एलिसा राना मगर, प्रकाश सोनी, खेमराज पाण्डे, उदघोषक दिपक बर्मा, रितु गुरुङ लगायतका कलकारले आफ्ना प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । भने सितगंगा डान्स आइडल समेत प्रस्तुत गरिएको थियो ।

स्थानीय कला, संस्कृतिको संरक्षण तथा सामाजिक क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सवमा १ सय बढी स्टल राखिएको छ । भने करिव २०–२५ लाख करोबार गर्ने लक्ष्य रहेको महोत्सवमा करिव ५० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिए । महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । भने स्थानीय स्तरका विभिन्न भाषाभाषीको संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती रहने छ । महोत्सवमा चर्खे पिङ, झुला, बाल उद्यान राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]