२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

बालिकाको न्यायको माग राख्दै स्थानीयले इलाका प्रहरी र सशस्त्र प्रहरी भालुवाङ घेराउ

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, कार्तिक ०८, २०८१

बालिकाको न्यायको माग राख्दै स्थानीयले
इलाका प्रहरी र सशस्त्र प्रहरी भालुवाङ घेराउ

दाङ । भालुवाङ पुल्चोककी बलात्कृत बालिकाको न्यायको माग राख्दै स्थानीय संघर्ष समितीले आज बुधबार राप्ती गाउँपालिका-१, भालुवाङमा रहेको इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी क्याम्प घेराउ गर्नुका साथै प्ले कार्ड सहित प्रदर्शन गरेकाे छ ।

संघर्ष समितिका अध्यक्ष सुरज खड्काको नेतृत्वमा संघर्ष समिति, भृकुटी महिला विकास र स्थानीयहरूले मध्याह्न १२ बजे देखि ३ बजे सम्म भालुवाङ पुल्चोक बजार, भालुवाङ पुरानो बजार भालुवाङ, ईलाका प्रहरी कार्यालय घेराउ र सशस्त्र प्रहरी बल २९ नम्बर गण हेडक्वाटर ज्वालामाईको गेट अगाडि चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । बलात्कारीलाई सार्वजनिक गर, अपराधी लुकाउन पाइदैन, सत्यतथ्य बाहिर ले, न्याय मार्न पाइदैन र बलत्कारीलाई फाँसी दे लगायत नारा लगाएका थिए । आक्रोशित आन्दोलनरत पक्षले  दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।  स्थानीय र पीडित पक्षले घटना ढाकछोप गर्ने प्रयास भइरहेको भन्दै दाेषीलाई यथाशिघ्र पक्राउ गरी सार्वजनिक नगरिए आन्दोलनको आँधीबेरि ल्याउने चेतावनी दिएका छन् ।

कोणसभालाई संघर्ष समितिका संयोजक सुरज खड्का, उप-संयोजक प्रकाश शाही, राप्ती उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाली न्याैपाने, व्यापारीको तर्फबाट तुला गिरी र महिलाको तर्फबाट लक्ष्मी गिरी लगायतका वक्ताहरूले बाेलेका थिए ।  सशस्त्र प्रहरी क्याम्प नजिक बनाइएको पीङ खेल्न गएकी आठ वर्षीया बालिका बलात्कारमा परेको घटना सार्वजनिक भएपछि ईलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो । पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिका सँगै रहेकी अर्की एक १५ वर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि भन्दै १४ दिनदेखि प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे छ । दुबै बालिकासँग घटनाको बारेमा जानकारी लिने र शंकास्पद व्यक्तिहरुसँग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ । ‘पीडित बालिका प्रहरीको संरक्षणमा छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीको टिमले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ ।  प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दा सम्म संघर्ष जारी राख्ने चेतावनी दिइएको छ । त्यस्तै कार्तिक ८ गते मध्याह्न १२ बजे देखि ४ बजे सम्म पूर्व-पश्चिम राजमार्ग बन्द गर्ने र बेलुका ६ बजे देखि राँके जुलुस निकाल्ने निर्णय भएको संघर्ष समितिका संयोजक सुरज खड्काले जानकारी दिए । गत असोज २४ गते दिनदहाडै भालुवाङ स्थित सशस्त्र प्रहरी क्याम्प नजिकै रहेको लिंगे पुल खेल्न गएकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा डेरा गरी बस्ने ८ वर्षिय बालिका बलात्कृत भएकी थिइन् ।

यसैबीच दाङकाे राप्ती गाउँपालिकाले समेत आज एक प्रेस विज्ञप्ती जारी गरी बालिका बलत्कारकाे घटना तत्काल छानबिन गरी दाेषी उपर कडा कार्वाहीकाे माग गरेकाे छ । पालिका अध्यक्ष प्रकाश बिष्टले विज्ञप्ती जारी गर्दै तत्काल अनुुन्धान गरी दाेषी सार्वजनिक गर्न माग गरेकाे छ । यस्तै नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटी, लमही हाेटेल व्यवसाय समिती, राप्ती प्रेस मञ्च राप्तीले समेत छुट्टाछुट्टै विज्ञप्ती जारी गरी तत्काल बलत्कारीलाई पक्राउ गरि सार्वजनिक गर्न र हदै सम्मकाे कार्वाहीकाे माग गरेका छन् । साथै उनीहरूले संघर्ष समितीले शुरू गरेकाे चरणबद्ध आन्दाेलनलाई समेत एक्यवद्धता जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]