२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आईजिपि रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०८१ सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक १२, २०८१

 

काठमाडौं । प्रतियोगिता समापनका अवसरमा सोमबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम हुने टिम गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका खेलाडी तथा अफिसियलहरूलाई रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, प्रतियोगितामा सहभागी भएका टिमहरूलाई मायाको चिनो, निर्णायकहरू एवम् प्रतियोगिता संचालनमा सहयोग पुर्‍याउने महानुभावहरूलाई प्रशंसापत्र तथा मायाको चिनो समेत प्रदान गर्नुभयो । कार्यक्रमको सुरूमा प्रहरी महानिरीक्षक कुँवरले रेफ्रीलाई भलिबल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभएको उक्त प्रतियोगिताको आजै भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३-१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा प्रथम भएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक तथा मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको ठूलो महत्व हुने चर्चा गर्दै विगत देखि नै निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढ तुल्याउनुको साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले खेलकुदका विभिन्न विद्यामा प्राप्त गरेको ख्याती तथा नेपाल प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा सहभागीता जनाई हासिल गरेको सफलता प्रशंसनीय रहेको बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागीता र योगदानका कारण खेलकुद, नेपाल प्रहरी संगठन र नागरिक बिचको सम्बन्ध सुदृढ भएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी संगठन र राष्ट्रको श्रीवृद्धिका अवसरहरू श्रृजना भइरहने अपेक्षा रहेको उहाँले बताउनुभयो । नेपाल प्रहरीमा खेलकुदको विकास, प्रवर्द्धन र खेलाडीहरूको मनोबलको लागि संगठन सदैव सकारात्मक रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतियोगितामा द्वितीय हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ टिमका खेलाडी तथा अफिसियलहरूलाई ट्रफि, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले प्रतियोगिताका उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा खेलकुद कार्यक्रम व्यवस्थापन उप-समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमश: नगद १ लाख १ हजार रूपैयाँ र ५१ हजार रुपैयाँ एवम् ट्रफि, मेडल, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रूपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरिएको थियो । कात्तिक ७ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]