२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

आईजिपी राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नव नियुक्त प्रहरी निरीक्षकहरूलाई निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १३, २०८१

 

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक १६औं समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज उनले राज्य, सङ्गठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए ।

महानिरीक्षक अर्यालले भने, ‘विषम परिस्थितिमा मात्र नभई विपद् व्यवस्थापन, आकस्मिक खोज तथा उद्धार, हुलदङ्गा व्यवस्थापन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, औद्योगिक सुरक्षा, रेलवे सुरक्षालगायत राजस्व चुहावट नियन्त्रण जस्ता संवेदनशील जिम्मेवारीमा सिङ्गो सङ्गठन प्रभावकारी रूपमा परिचालित भइरहेको छ । यहाँहरूले यसमा थप भूमिका निर्वाह गर्नु हुनेछ ।’

त्यस अवसरमा आधारभूत तालिम सम्पन्न गरेका १६औं समूहका ४५ अधिकृत दीक्षित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित विशेष समारोहमा तीन महिला र ४२ पुरुष प्रशिक्षार्थी दीक्षित भएका हुन् । आधारभूत तालिमको प्रथम प्रवचन २०८० साउन १० गतेदेखि सुरु भएको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले तालिमका क्रममा सहभागीलाई तीन चरणमा विभिन्न विषयवस्तुबारे प्रशिक्षित गरिएको जानकारी दिए ।

पहिलो चरणमा ‘कन्भेन्सनल ट्याक्टिस’, व्यक्तिगत बन्दोबस्ती, कवाज, शारीरिक तालिम, नक्सा अध्ययन, हतियार तालिम, ‘फिल्ड क्राफ्ट’, ‘व्याटल क्राफ्ट’, फायरिङ, प्राथमिक उपचार तथा परम्परागत युद्धकला सिकाइएको थियो । सहभागीलाई विभिन्न क्षेत्रका २१ विशेषज्ञले प्रशिक्षण दिएका थिए ।

दोस्रो चरणमा ‘अनकन्भेन्सनल ट्याक्टिस’, हुल तथा दङ्गा व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा विशिष्ट व्यक्ति सुरक्षा, ‘बेसिक पुलिसिङ’ सीप र साहसिक तालिम तथा तेस्रो चरणमा नेतृत्व, प्रशासन व्यवस्थापन, अपराध अनुसन्धान, ‘केस स्टडी’, पुस्तक समीक्षा, अनुसन्धान प्रस्तावना लेखनलगायत विभिन्न क्रियाकलापबारे जानकारी गराइएको कार्यकारी निर्देशक गिरीले जानकारी दिए । तालिमका दौरान स्थानीय इलाकामा पहिलो चरणमा तीनऔतीन दिन तथा दोस्रो चरणमा पाँच दिनको बाहिरी अभ्यास र तेस्रो चरणमा छ दिनको ‘हाइब्रिड एक्सरसाइज’ सञ्चालन गरिएको थियो ।

समारोहमा प्रधानमन्त्री ओलीले तालिमका दौरान विभिन्न विधामा उत्कृष्ट भएका अधिकृतत्रय रमेश जोशी (डडेल्धुरा), वासुदेव मिश्र (नुवाकोट) र सुजन पोखरेल (स्याङ्जा)लाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे । दीक्षित सशस्त्र प्रहरी निरीक्षकलाई आआफ्ना अभिभावकले दर्ज्यानी चिह्न प्रदान गरे । तालिम पूरा गरेका सशस्त्र प्रहरी निरीक्षक आजैदेखि आआफ्नो कार्यक्षेत्रमा खटिएका छन् । त्यस अवसरमा आधारभूत तालिम सम्पन्न गरेका प्रहरी निरीक्षकबाट विभिन्न कवाज प्रदर्शन गरिएका थिए ।

प्रतिष्ठानबाट सशस्त्र प्रहरी सङ्गठनमा प्रवेश गरेका सकल दर्जालाई विभिन्न आधारभूत तथा उन्नत तालिम प्रदान हुँदै आएको छ । तालिममार्फत पेसागत ज्ञान, सीप तथा नेतृत्व विकास गरी अधिकृत तथा जवानमा सङ्गठनको आदर्श, मूल्य तथा मान्यताको दरिलो जग बनाउने उद्देश्यले प्रतिष्ठानको स्थापना भएको कार्यकारी निर्देशक गिरीले जानकारी दिए ।

समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजुअर्याललगायत उच्च पदस्थ व्यक्ति उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!