२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बराह ग्रुपको रजत महोत्सवको तयारी पुरा, महोत्सव असोज १३ मा

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

असोज १२, धरान । बराह ग्रुप को २५ औ बर्ष रजत महोत्सवको तयारी पुरा भएको छ ।

आगामी असोज १३ गते हुने रजत महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बराह ग्रुपका अध्यक्ष शिव कुमार लामिछानेले बराह ग्रुपले २५ बर्ष पुगे सङ्गै बराहले दुई वटा संस्कार पार गरिसकेको बताउनु भयो । “नुन देखी सुन सम्म” र ” हामी सबैको बराह आर्थिक उन्नतिको साहारा” यो नारा धराने जनतामा मात्र होइन धरान देखी युकेसम्म नै आम जनमानस र हरेकको जिब्रोमा झुण्डिएको नारा हो । यो नारा हो आज भन्दा २४ बर्ष पहिले स्थापना भएको बराह ज्वेलरीको ।

२०५२ साल म सामान्य सुन पसलबाट सुनचादीका पत्थर जडित गरगहना परम्परागत तथा साँस्कृतिक गरगहनाहरुको बजारलाई स्वदेश तथा बिदेशसम्म पुर्याउने उद्देश्य सहित शुभरम्भ भएको बराह अहिले भने बिभिन्न २४ वटा कम्पनी यस बराह ग्रुप अन्तर्गत रहेका छन । यही २५ बर्ष पुगेको अवसरमा अब औपचारिक रुपमा बराह ग्रुपको घोषणा गर्ने तयारी रहेको ग्रुपका अध्यक्ष शिव कुमार लामिछाने बिकले जानकारी दिनु भयो । बिगतका बर्षहरुमा भन्दा यो बर्ष अलिक फरक तरिकाले २५ औ रजत जयन्ती मनाउने तयारीमा रहेको बराह ग्रुपले यो बर्ष यस ग्रुपका पारीकल्पनाकार तथा संस्थापक ईन्द्रकुमार लामिछानेको जन्म जयन्तीको अवसर पारेर असोज १३ गरे सोमबार रजत जयन्ती मनाउने तयारी गरेको छ । बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि बिभिन्न कार्यक्रम गर्ने भएपनी यो बर्ष भने रक्दान कार्यक्रमलाई संख्यात्मक रुपमा रगत संकलन गर्ने भन्दा प्रोत्साहनको रुपमा आयोजना गर्ने बताइएको छ ।

रजत जयन्तीको लागि ११ वटा कार्यक्रमको तयारी गरिएको छ । जहाँ, बिहान यू बजे देखी रक्तदान, ईन्द्र बराह सङग्रालय द्वारा परम्परागत र आधुनिक गहना प्रदर्सन, ज्वेलरी प्रदर्सनी स्टल कृषि पारीकार एवम प्रदर्शनी, फेमिली किचन स्टल,  परम्परागत तथा आधुनिक गहना निर्माणको प्रत्यक्ष अवलोकन, संस्थापक अध्यक्ष स्व ईन्द्र कुमार लामिछनेको स्‍मृतिमा प्रकाशित पुस्तक विमोचन र बिभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना हुने प्रदेश १ प्रमुख मान बहादुर विश्वकर्माले बताउनु भयो । बराह ग्रुपको नियमित १७,२०४ जना ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले उक्त रजत महोत्सव कै दिन VESPA SCOOTY प्राप्त गर्ने साथै ३ जना संचारकर्मीहरुलाई ईन्द्र बराह स्‍मृति सम्मान तथा प्रोत्साहन पुरस्कार समेत प्रदान गरिने रजत महोत्सव कार्यक्रमका संयोजक सरोज लामिछनेले जानकारी दिनु भयो । असोज १३ गते धरान ८ स्थित धरान सभागृहमा आयोजना हुने कार्यक्रममा चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ भने, नेपाल आइडलको होस्ट तथा चर्चित मोडल रिमा विश्वाकर्माले कार्यक्रम सन्चालन गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!