२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

पुर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालत लगियो

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक २५, २०८१

 

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिएकाे छ ।

लमिछानेलाई प्रहरीले चौथो पटक म्याद थपका लागि अदालता लगेको हो । प्रहरीले लमिछानेलाई २ कार्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरि पोखरा ल्याएको थियो । त्यसपछि ४ गते पहिलोपटक ६ दिन, दोस्रो पटक ८ कार्तिकमा सात दिन र तेस्रो पटक २० कर्तिकमा १० दिन म्याद थप गरेको थियो ।

लमिछानेसँगै प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी र अन्य दुई जनालाई समेत म्याद थपका लागि आजै अदालतमा पेश गर्दै छ । । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई चौथो र जोशीलाई छौठाैँ पटक म्याद थपका लागि अदालत लगिन लागेको हो ।

लमिछानेलाई प्रहरीले चौथो पटक म्याद थपका लागि अदालता लगेको हो । प्रहरीले लमिछानेलाई २ कार्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरि पोखरा ल्याएको थियो । त्यसपछि ४ गते पहिलोपटक ६ दिन, दोस्रो पटक ८ कार्तिकमा सात दिन र तेस्रो पटक २० कर्तिकमा १० दिन म्याद थप गरेको थियो ।

लमिछानेसँगै प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी र अन्य दुई जनालाई समेत म्याद थपका लागि आजै अदालतमा पेश गर्दै छ । । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई चौथो र जोशीलाई छौठाैँ पटक म्याद थपका लागि अदालत लगिन लागेको हो ।

जोशीलाई प्रहरीले ६ असोजमा काठमाडाैँबाट पक्राउ गरि पोखरा ल्याएको थियो । जोशीलाई यस अघि पहिलो पटक पाँच, दोस्रो पटक सात, तेस्रो पटक २०, चौथो पटक सात र पाँचौ पटक १० दिन म्याद थप गरिएको थियो ।

लमिछाने र जोशीसँगै प्रहरीले गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नंम्बर ४ घर भइ हाल ललितपुर महानगरपालिका वडा नंम्बर १५ खुमलटार बस्ने वर्ष ३२ की लिला पछाईसँगै नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालन एवं शेयरधनी तनहुँ स्थित भानु नगरपालिका-८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई प्रहरीले म्याद थपका लागि अदालत लैजाने लागेको हो ।

पछाईलाई १५ असोजमा प्रहरीले पक्राउ गरेको थियो । सहकारीबाट गैरकानुनी रुपमा गितेन्द्र बाबु राई (जिबी) संग मिलेमतो गरी तीन करोड भन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चलअचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गरेको भेटीए पछि प्रहरीले पछाईलाई पक्राउ गरेको थियो । खनाललाई प्रहरीले ९ कार्तिकमा काठमाडौं महानगरपालिका ३ पानीपोखरीबाट पक्राउ गरेको थियो ।

संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई (जिबी), पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो ।

समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयले ६ असोजमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरेको थियो । सोही निर्देशनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पोखराको सूर्यदर्शन, बुटबल सुप्रिम सहित पाँच सहकारीबाट ६५ करोड रुपैयाँ अवैध रुपमा गोर्खा मिडियामा आएको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले कारवाही सिफारिस गरेका चार मध्ये जिबी फरार छन् भने अन्य तीन जना प्रहरी थुनामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!