२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले निवासबाटै पक्राउ गरेर काठमाडौं लाग्दै

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक २५, २०८१

 

काठमाडौं । जापान भ्रमणका क्रममा मानव बेचविखनको आरोप लागेका लीलाबल्लभ
अधिकारीलाई काठमाडौंबाट गएको विशेष प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

विराटनगर महानगरपालिका–२ स्थित निवासमा नियन्त्रणमा लिइएका अधिकारीलाई आजै विमानबाट काठमाडौं ल्याइँदैछ । त्यसका लागिउनलाई विराटनगर विमानस्थलतर्फ लगिएको छ ।

अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले निवासबाटै प्रहरी नियन्त्रणमा आएका एमालेका कोशी प्रदेश सांसद लीलाबल्लभ अधिकारीलाई डेराबाट निकालिएको छ ।

मानव तस्करको योजनाअनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट उनलाई निलम्बन गरेको थियो ।

शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीले भने आफूलाई फसाइएको दाबी गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!