२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

पूर्वमन्त्री तथा कोशीका सांसद अधिकारीलाई २ दिन थुनामा राख्न अदालतद्वारा प्रहरीलाई आदेश

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक २५, २०८१

 

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा कोशी प्रदेशका सांसद लीलाबल्लभ अधिकारीलाई थुनामा राख्न अदालतले प्रहरीलाई दुई दिनको म्याद दिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार र लिखत कीर्ते मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनलाई प्रहरीले आइतबार विराटनगरस्थित घरबाटै पक्राउ गरेको हो । जापान जाने क्रममा तीन जना व्यक्तिलाई नक्कली परिचयपत्र बनाएर तस्करी गर्ने प्रयास गरेको अभियोग उनीमाथि छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!