२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

नुवाकोटको बिदुर नगरपालिका १ त्रिशुली नदीमा नयाँ पुल बनेसँगै यातायात सञ्चालनमा

Logo
ABC-Sanchar प्रकाशित सोमबार, कार्तिक २६, २०८१

 

नुवाकोट । जिल्लाकै पहिलो त्रिशुली जलविद्युत केन्द्र निर्माणको क्रममा करिब ६ दशकअघि निर्माण गरिएको पुरानो पुल जीर्ण र जोखिमयुक्त बनेपछि बिदुर-१ स्थित त्रिशुलीमा नयाँ पुल निर्माण गरिएको हो ।

नयाँ पुलबाट यातायात सञ्चालनसँगै पुरानो पुलमा हुनसक्ने सम्भावित जोखिम हट्नुका साथै जिल्लाकै प्रमुख व्यापारिक केन्द्र त्रिशुली बजार क्षेत्रमा सवारी जामको समस्या हटेको छ । २०२० सालमा बनेको ८ मेट्रिक टन क्षमताको सिंगल लेनको पुरानो पुल जीर्ण भएका कारण दुर्घटनाको जोखिम बढेपछि पुरानो पुलको करिब १ सय ५० मिटरको दूरीमा नयाँ पुल निर्माण गरिएको हो । ६० मिटर लामो, ११ मिटर चौँडा डबल लेनको नयाँ पुल ८ करोड रुपैयाँको लागतमा बनेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!