२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नुवाकोटको ककनीमा ‘सासु बुहारी घरझगडा’ तातोपानी खन्याएको आरोपमा ४ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक २८, २०८१

 

नुवाकोट । सासु बुहारीको घर झगडामा सासुले बुहारीलाई तातोपानी खन्याएको आरोप लागेको छ। घटना नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ३ को हो । चाउथेमा महिलामाथि तातोपानी खन्याएको आरोपमा प्रहरीले महिलाका सासु र श्रीमानलाई पक्राउ गरेको छ।

अहिले श्रीमान सिजन बजगाईं र उनकी आमा सीता बजगाई प्रहरी हिरासतमा छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ। सिजनकी श्रीमती कल्पना अधिकारी बजगाईमाथि तातोपानी खन्याएर अमानविय ब्यवहार गरेको आरोप लागेको छ।

आरोपित परिवारका अन्य सदस्य ससुरा रामहरि बजगाई र देउरानी फरार छिन् । उनीहरु चारै जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटले अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार १५ कात्तिकमा चारै जनाको मिलेमतोमा कल्पनामाथि तातोपानी खन्याएको भन्दै उजुरी परेको छ ।

घट्ना लगत्तै पीडित बुहारी कल्पनाले प्रहरीमा जाहेरी दिएकी छिन् । सोही जाहेरीका आधारमा श्रीमान र सासु पक्राउ परेको र ससुरा र देउरानीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!