दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठको अध्यक्षतामा कार्यालयको सभाहलमा मासिक बैठक सम्पन्न भएको छ।
बैठकमा जिल्ला अन्तर्गतका सबै प्रहरी इकाईका प्रमुख/इन्चार्जहरूको सहभागिता थियो।
बैठकमा फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद तथा नियन्त्रण, अवैध नदीजन्य पदार्थको उत्खनन र ओसारपसार नियन्त्रण, चोरी नियन्त्रण, अपराध रोकथाम तथा शान्ति-सुरक्षा कायम गर्ने विषयमा निर्देशन दिइएको थियो।
साथै सबै प्रहरी कर्मचारीलाई आचरण र व्यवहारको पूर्ण पालना गर्दै विभागीय नीति-निर्देशन अनुसार अनुशासित, जिम्मेवार र उत्तरदायी भएर काम गर्न प्रमुख श्रेष्ठले निर्देशन दिनुभएको छ।