१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

नेपाल प्रहरीको ३ जना डिएसपीको सरुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २९, २०८१

 

काठमाडौं । एक जनालाई हेडक्वार्टरबाट पर्सा पठाउँदा वीरगन्ज र भैरहवाका दुई जनालाई हेडक्वार्टर तानिएको छ।

बुधबार भएको काज सरुवामा मुख्यालयको सुपरीवेक्षण तथा अनुगमन महाशाखाका प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ। उताका दिपक भारतीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल तानिएको छ।

प्रहरीको मानव स्रोत विभागले गरेको सरुवामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका लक्ष्मी खनाललाई हेडक्वार्टरको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पुर्याइएको छ। उनीहरुलाई तत्काल काज खटाइएको कार्यालयमा हाजिर हुन जान निर्देशन दिइएको छ।

स्रोतका अनुसार विवादमा तानिएपछि डिएसपीद्वयलाई हेडक्वाटर तानिएको हो। अन्य केही जिल्लामा पनि समस्या रहेका एसपी तथा डिएसपी तानिने सम्भावना छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।