१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

चेकजाँचमा परेका चालकहरुलाई दाङ प्रहरीले सम्मान गर्‍यो

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

  • सागर थापा

असोज १२,दाङ । जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणमा सघाएका चालक र सहचालकहरुलाई सम्मान गरेको छ ।

घोराही उपपालिका वडा नम्बर १४ नयाँ बसपार्क घोराहीमा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल र दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले सवारी चालकहरुलाई दोसल्लाह अविर र माला लगाइदिएर सम्मान गरेका हुन् ।

सम्मानित भएका चालकहरुले खुसी व्यक्त गरेका छन् ।‘प्रहरीको चेकिङमा प्राय कारबाहीमा पर्थ्यौं, आज प्रहरीकै हातबाट अविर माला लगाउन पाइयो अटो चालक एवंम ५. नम्बर प्रदेश अटो रिक्सा संघकि सह सचिव लक्ष्मी रानाले यो हामीहरुलाई जिम्मेवार बनाउन गरिएको संमान कार्य हो बताए । प्रमुख जिल्ला अधिकारी र प्रहरीप्रति आभार प्रकट गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रेम प्रसाद रेग्मीले सवारी दुर्घटना न्युनीकरणका लागि चालक, सहचालक, यात्रुहरु र समुदायको भूमिका कस्तो हुनुपर्दछ भनि जनचेतनामुलक अनुशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा दुर्घटना न्युनीकरण सम्बन्धी प्रचार प्रसार सामग्री वितरण पनि गरिएको दाङ जिल्ला ट्राफिक प्रबक्ता उत्तम जिसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ भर्खरै इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भई आएका प्रहरी निरीक्षक न्यौपानेले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरू सँगको परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारकर्मीहरूसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रममा सहभागी पत्रकारहरूले राप्ती क्षेत्रको शान्ति सुरक्षा सुदृढीकरण, […]

दाङ । जागिरे जीवनका केही फरक अनुभवहरूको सँगालो बोकी करिब १४ महिनाको अवधिसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा कार्यरत रहँदा मलाई विभिन्न तवरले मार्गदर्शन गर्नुहुने आदरणीय लुम्बिनी प्रदेश प्रहरी कार्यालय का प्रमुख श्रद्धेय श्रीमान् भूपेन्द्रबहादुर खत्रीज्यू, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय का प्रमुखज्यूहरू, जिल्ला प्रहरी कार्यालय दाङका […]

बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् […]

error: Content is protected !!