१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

पूर्व गृहमन्त्री रवि लामिछानेसंगको बयान आजै सक्ने तयारी

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २९, २०८१

 

रुपन्देही । भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बिहान साढे १० बजेबाट शुरु भएको बयान आजै सक्ने गरी प्रश्नोत्तर गरिएको सरकारी वकिलको कार्यालयले जनाएो छ ।
लामिछानेलाई प्रहरीले बिहान १० बजेर २६ मिनेट जाँदा सरकारी वकिलको कार्यालय पुर्याएको थियो ।

प्रहरीको कडा सुरक्षाबीच लामिछानेलाई सरकारी वकिल कर्यालय लगिएको थियो । लामिछानेको मंगलबारदेखि बयान सुरु भएको हो । आज तेस्रो दिन रविको बयान चलिरहेको जिल्ला सरकारी वकिलको कार्यलयले जनाएको छ । मंगलबार र बुधबार बयान नसकिएपछि लामिछानेलाई दुई दिनसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

बुटवलमा रहेको सुप्रिम सहकारी संस्थामा बचतकर्ताको रकम ठगी प्रकरण लागि कास्कीबाट लामिछानेलाई रुपन्देही ल्याइएको थियो । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा गएको संसदीय विशेष छानबीन समितिको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा अनुसन्धान लागि बयान लिइरहेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।