१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

पुर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लग्ने तयारीमा प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

पुर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लग्ने तयारीमा प्रहरी

रुपन्देही । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको कसुरमा बयानका लागि मंगलबार कास्की प्रहरीको हिरासतबाट बुटवल लगिएको थियो ।

भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेसँग मंगलबार र बुधबार दिनभर बयान लिइएको थियो । आज साँझसम्म बयान सकेर पोखरा पठाउने तयारी भएको जिल्ला रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

पोखराको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत मिनामिनामा संलग्न रहेको आरोपमा लामिछानेलाई गत २ कात्तिकमा वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी सोही दिन राति पोखरा लगिएको थियो ।

संसदीय छानबिन विशेष समितिले सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम ल्याउनेमा लामिछानेको भूमिका नभएको उल्लेख गरेको छ । तर, त्यसरी आएको रकम खर्च गर्नमा भने लामिछानेको भूमिका देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।