१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

पक्राउ परेका झाँक्री प्रकाश भुजेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

 

काठमाडौं । प्रकाश भुजेलले हाँकेको गाडीले ठक्कर दिएर एक मोटरसाइकल चालकको मृत्यु भएको थियो । केहीबेर फरार बनेका झाँक्रीले बेलुकी बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए । उनलाई प्रहरीले सवारी ज्यान मुद्दा लगाउने तयारी गरेको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नारायण नगरकोटीको उपचार क्रममा ग्राण्डी अस्पतालमा हिजो मृत्यु भएको थियो । पछाडि सीटमा बसेकी उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते अवस्थामा उपचाररत छिन् । भेन्टिलेटरमा उपचाररत उनको अवस्था नाजुक रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।