१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

दाङको तुलसीपुरमा नक्कली नोटसहित ४ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

 

दाङ । तुलसीपुर उपमहानगरपालिका १० राइखल्यान निवासी ३० वर्षका राम मनी चौधरी, तुलसीपुर– ८ निवासी १७ वर्षका सुमन बिक,  तुलसीपुर –९ दोघरे निवासी १९ वर्षका धनबहादुर खत्री, र शान्तिनगर गाउँपालिका –४ घर हाल तुलसीपुर –९ बेलुवा निवासी शिशिर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरी एक हजारका १२ थान नक्कल नोट बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा गएको प्रहरीले हिजो साँझ तुलसीपुरको बसपार्क स्थित पिपलबोट नजिकैबाट उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी ठकुरीले बताउनुभयो  ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।