१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

शनिबारको राशिफल यस प्रकारको रहेकोे छ

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर ०१, २०८१

 

दाङ । तुल्सीपुरबाट मेष राशि – कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ ।कार्यमा उच्चअधिकारीको साथले सहजता होला ।आत्मविश्वास वढ्नेछ । आफन्त संगको भेटघाटले मनमा खुसि छाउला ।अध्ययन अध्यापनका क्षेत्रमा रुचि वढ्ला ।मन जाला ।

बृष राशि – बाणिको प्रभाव वढ्नेछ ।मान सम्मान बढ्नेछ । सामाजीक कार्यमा रुचि वढ्ला । व्यवसायिक सफलता होला ।चिताएका कार्यले तिव्रता प्राप्त गर्नेछ ।दिन प्रेमिल रहला ।

मिथुन राशि -हत्तारिएर गरेको निर्णयले नकारात्मक असर गर्न सक्छ ।दैनिक कार्य केहीँ खर्चिलो रहनेछ ।आर्थिक समस्या बढ्नाले मन बेचैन होला ।संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न होला ।व्यवसायमा सोचे अनुरुप सफलता मिल्ने छैन । व्यक्तिगत् जीवनमा सन्तुलन राख्न जरुरि हुनेछ ।

कर्कट राशि -धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।सेवामूलक कार्यमा सफलता मिल्ला । रचनात्मक कार्यमा सरिक भैएला । पारिवारिक सद्भाव वढ्नेछ । सेयर मार्केटमा लाभ मिल्ला ।बौद्दिकताको स्तर वढ्नेछ ।पारिवारीक सद्भाव वढ्नेछ ।

सिह राशि -साथीभाईवाट हिम्मत मिल्नेछ ।नाम ,प्रतिष्ठा कमाउने बेला रहेको छ ।नयाँ योजनाहरु वन्नेछन् ।नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला । दिन प्रेमिल रहनेछ । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । दिन रमाईलो संग बित्नेछ । सामाजीक कार्यमा रुची वढ्ला ।विध्यार्थीका लागि अाज शुभ दिन रहेको छ ।

कन्या राशि -मनलाई धैर्य राखेर काम गर्न सके उत्तम होला ।खानपानमा विशेष ख्याल राख्नु होला ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।रोकिएका कार्यले गति लिनेछन् ।धार्मिक कार्यमा रुची वढ्ला ।कृषकका लागि आज दिन फलदायि पूर्ण रहला ।दिन रमाईलो संग बित्नेछ ।

तुला राशि- स्वादिष्ट भोजन प्राप्त होला ।आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । व्यवसायवाट मनग्य आम्दानि होला । दिर्घकालिन योजनाले सार्थकता पाउनेछ ।मनोरन्जनमा दिन वित्नेछ ।मांगलिक कार्यमा सहभागि हुने दिन रहेको छ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला ।

बृश्चिक राशि – सामाजिक मान सम्मान वढ्नेछ ।बाणिको प्रभाव वढ्ला ।लेनदेनको कार्यमा सजग रहदाँ शुभ हुनेछ ।साझेदारिमा गरिएको कार्यमा सफलता मिल्ला ।विद्यार्थीको लागि आज विशेष लाभदायक दिन रहेको छ ।शेयर बजारवाट फाईदा होला ।नयाँ कार्यका योजनाहरु बन्नेछन् ।

धनु राशि -आज आयव्य ,सुखदुख वरावर हुने दिन रहेको छ । निर्णय गर्दा विशेष ख्याल राख्नु होला ।पेटसम्वन्धि समस्याले सताउन सक्छ ।दिन सोचे भन्दा अलिक संघर्ष पूर्ण रहला । आर्थिक पक्ष वलियो बनाउन आफन्तको साथ चाहिनेछ ।

मकर राशि -दिन शुभफलदायक रहेको छ । मित्र सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ । कलासाहित्य तथा संगितमा रुचि वढ्नेछ । शुभकार्यको चर्चा चल्ला । आर्थिक सवलता बढ्नाले मन हर्षित होला ।व्यवसायमा केहीँ सफलता मिल्नेछ ।नयाँ कार्यका योजनले मनमा आनन्द दिनेछ ।

कुम्भ राशि- नयाँ कार्य सुभारम्भ हुनेछ ।वाणिले अरुलाई प्रभावित् पारेर कार्य सम्पादन गरिएला ।धनार्जनका नयाँ श्रोतहरु वढ्नेछन् ।शुभ कार्यको चर्चा चल्नेछ ।सामाजीक सेवामा मन लाग्नेछ । आदर्श व्यक्तिसंग सहकार्य हुन सक्नेछ ।मान मान सम्मान वढ्ला ।टाढाका ब्यक्ति संगको कुराकानिले मन हर्षित् होला ।सौखिनता वढ्नाले खर्च वढ्नेछ ।

मिन राशि -सही समयमा सहीँ निर्णय लिन सकिएला ।परोपकारमा समय व्यतित हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर होला ।पारिवारीक सद्भाव वढ्नेछ । व्यवसायमा भने केही चुनौति थपिएला ।

 

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।