१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

आइतबारको राशिफल यस प्रकारको रहेको छ

Logo
ABC-Sanchar प्रकाशित आइतबार, मंसिर ०२, २०८१

 

दाङ । तुल्सीपुरबाट मेष राशि – बाणिको प्रभावले आटेका कार्य सफल हुनेछन् ।मिष्ठान्न भोजन प्राप्त होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ ।आफन्त संगको भेटघाटले मनमा खुसि छाउला ।अध्ययन अध्यापनका क्षेत्रमा रुचि वढ्ला ।मन जाला ।

बृष राशि – सामाजीक तथा राजनितिक क्षेत्रमा मन जाला ।मान सम्मान बढ्नेछ । नोकरीमा आधिकारीक व्यक्तिको सहयोग मिल्नेछ ।व्यवसायिक सफलता होला ।चिताएका कार्यले तिव्रता प्राप्त गर्नेछ ।दिन प्रेमिल रहला ।

मिथुन राशि – शत्रुहरु सक्रिय रहनाले मनमा भय उत्पन् होला ।अलिक लगाव दियर कार्य गर्दा केहीँ सफल भैएला ।दैनिक कार्य केहीँ खर्चिलो रहनेछ ।संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न होला । व्यक्तिगत् जीवनमा सन्तुलन राख्न जरुरि हुनेछ ।

कर्कट राशि -आत्मविश्वास वढ्नेछ । व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।सेवामूलक कार्यमा सफलता मिल्ला । रचनात्मक कार्यमा सरिक भैएला । पारिवारिक सद्भाव वढ्नेछ । विद्यार्थीका लागि आज दिन शुभमय रहला ।पारिवारीक सद्भाव वढ्नेछ ।

सिह राशि -सामाजीक कार्यमा सरिक भएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । मांगलिक कार्यमा सरिक हुने अवसर मिल्ला ।दाम ,नाम ,प्रतिष्ठा कमाउने बेला रहेको छ नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला । विध्यार्थीका लागि अाज शुभ दिन रहेको छ ।

कन्या राशि – कार्य सुभारम्भ गर्दा एकदमै सोचविचार गरेर गर्दा शुभ हुनेछ । कानुनि कार्यहरुमा सफलता मिल्ला ।मनलाई धैर्य राखेर काम गर्न सके उत्तम होला ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।रोकिएका कार्यले गति लिनेछन् ।धार्मिक कार्यमा रुची वढ्ला ।पर्तिस्पर्दामा सफलता मिल्नेछ ।

तुला राशि- आज परिवारलाई समय दिदा उत्तम रहनेछ । सन्तानका पिरले मन वेचैन होला ।आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । व्यवसायवाट मनग्य आम्दानि होला । दिर्घकालिन योजनाले सार्थकता पाउनेछ ।मनोरन्जनमा दिन वित्नेछ ।बेलुकाको समयमा अप्रत्यासिक उपहार वा वस्तु प्राप्त हुनेछ । स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला ।

बृश्चिक राशि – दाम्पत्य जीवनमा मिठास वढ्ला ।सबै क्षेत्रवाट सफलता मिल्नेछ ।खानपानमा खर्च भने वढ्ला ।सामाजिक मान सम्मान वढ्नेछ ।बाणिको प्रभाव वढ्ला ।साझेदारिमा गरिएको कार्यमा सफलता मिल्ला ।विद्यार्थीको लागि आज विशेष लाभदायक दिन रहेको छ ।होला ।नयाँ कार्यका योजनाहरु बन्नेछन् ।

धनु राशि – पहिलेको तुलनामा आज आर्थिक पक्ष मजवुत हुनेछ ।व्यवसायिक कार्यले सफलता मिल्ला ।निर्णय गर्दा भने विशेष ख्याल राख्नु होला ।स्वास्थ्यमा लापवारहि गर्दा समस्या झेल्नु पर्नेछ ।मित्र सहयोगले आर्थिक एवं सामाजीक पक्ष वलियो हुनेछ ।

मकर राशि – आम्दानिका स्रोतहरु वढ्नेछन् । आर्थिक लाभ प्राप्त होला ।दिन शुभफलदायक रहेको छ । मित्र सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ।शुभकार्यको चर्चा चल्ला ।व्यवसायमा केहीँ सफलता मिल्नेछ ।नयाँ कार्यका योजनाले मनमा आनन्द दिनेछ ।बौद्दिक प्रतिस्पर्धामा सफल भैएला ।स्वास्थ्य सवल रहनेछ ।

कुम्भ राशि- आज सोचेअनुरुपक कार्य नवन्नले मनमा चिन्ता बढ्नेछ । आवश्यकता भन्दा वढि चूनौतीको सामना गर्नु पर्नेछ । वाहन वा यात्रादिमा सजग रहनुहोला ।सामान चोरी हुने हराउने हुन सक्छ यात्रामा ख्याल राख्नुहोला ।व्यवसायमा सोचेअनुरुप सफलता मिल्ने छैन ।

मिन राशि -सही समयमा सहीँ निर्णय लिन सकिएला । हिम्मतले कार्य गर्दा सफलता हात लाग्ला । ठूलो कार्य वा योजना अगि वढ्नेछ ।परोपकारमा समय व्यतित हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर होला ।व्यवसायमा सफलता मिल्नेछ । लगनशील भएर कार्य गर्दा नाफामुखि हुनेछ ।

 

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।