२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नव दुर्गाको मुर्तीमा लाखौंको अबैध सामानहरु सशस्त्र प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, आश्विन १३, २०७६

  • सागर थापा / महेन्द्र सिंह

असोज १३, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरीले नव दुर्गाको मुर्तीमा लुकाएर नेपाल ल्याउदै गरेको लाखौं मूल्यका सामान बरामद गरेको छ ।

दशैंका लागि भारतबाट नेपाल ल्याउदै गरेका भगवतीको मुर्ती बोकेको ट्रयाक्टरबाट सशस्त्र प्रहरीले लाखौं मूल्यका सामान बरामद गरेको हो । भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार दशैंका लागि भगवतीको मुर्ती बोकेको ट्रयाक्टरबाट राजश्व छलेर नेपाल भित्र्याईरहेका ट्रयाक्टरको ट्रली चेक बेरिङ्ग २० पीस, रोटाभेटर बेरिङ्ग १० पीस, ढोकाको ह्याण्डल सेट ९ दर्जन, चिनी २ सय केजी, डाल्डा २ पेटी, चामल ५ बोरा, तेल ३ टिन र लड्डु दाना १ बोरा लगायत २५ वटा विभिन्न सामान सशस्त्रले बरामद गरेकोहो ।

सशस्त्र प्रहरीले बरामद गरेका ती सामानको ९ लाख ५० हजार मूल्य रहेको भन्सार सशस्त्र प्रहरी प्रमुख डिएसपी नौराज बोहराले जानकारी दिएका छन । भन्सार कार्यालय नेपालगन्जमा रहेको सशस्त्र प्रहरीले नियमित चेकचाँजका क्रममा उक्त सामान बरामद गरेको जनाएकोछ ।

बरामद गरिएका सामान मध्ये अधिकांश ट्रयाक्टर र खाद्यान्न सामाग्री रहेकाछन् । दशैंको पहिलो दिन भारतको रुपैडिहा लगायतका विभिन्न स्थानबाट नेपाल ल्याइदै गरेका भगवतीको मुर्तीमा लुकाईछिपाई सामानको तस्कर भइरहेको थाहा पाएपछि सशस्त्र प्रहरीले आईतबार बेलुका चेकजाँच गरेको थियो ।

भगवतीको मुर्तीसंगै तस्करी गरि ल्याएको सामान सशस्त्रले बरामद गर्दा तस्करको नयाँ शैली बाहिरिएकोछ । चाडबाडका बेला अबैध कारोबारमा तस्करको सक्रियता झन् बढेकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!