२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

झाँक्री प्रकाश भुजेलले गाडीको ठक्करबाट ज्यान गुमाएका दम्पतीका आश्रित परिवारलाई ५२ लाख क्षतिपूर्ति दिने

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर ०३, २०८१

 

काठमाडौं । प्रहरी श्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाण्डु र जनप्रतिनिधिको मध्यस्थतामा आइतबार भएको दुई पक्षबीचको वार्तामा उक्त सहमति भएको हो ।
मृतकका परिवारले एक करोड माग गर्दै आएकामा ५२ लाखमा सहमति भएको हो ।
भुजेलले चलाएको बा१९च२६९५ नम्बरको गाडीले बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा
गत २८ कात्तिकमा इन्द्रायणीमा ठक्कर दिँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो ।

नारायणको सोही दिन र सानुमायाको उपचारका क्रममा दुई दिनपछि ग्राण्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।
क्षतिपूर्ति रकममा सहमित हुन नसक्दा पीडित परिवारले शव उठाएको थिएन ।

भुजेल हाल प्रहरी हिरासतमा छन् । प्रहरी वृत्त बौद्धले भुजेलविरुद्ध सवारी तथा यातायात ऐन–२०४९ को सवारी ज्यान महलअन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!