२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

गृहमन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो हुनेगरी पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्नेलाई कारबाही गर्न निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

गृहमन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो हुनेगरी पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौं । नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी बलसँग मेल खाने पोशाक र दर्ज्यानी चिन्हको प्रयोग गर्नेमाथि कारबाही हुने भएको छ। गृह मन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो हुनेगरी पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्नेलाई कारबाही गर्न निर्देशन दिएसँगै प्रहरी महानिरीक्षकको सचिवालयले सबै प्रहरी कार्यालयलाई कार्यान्वयनका निम्ति पत्राचार गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सुरक्षा निकायसँग मेल खाने पोशाक र दर्ज्यानी चिन्हको प्रयोग नगर्न निर्देशन दिएको छ। गत असोज ११ गतेको गृहमन्त्रीस्तरीय निर्णय र असोज १५ गते प्रहरी महानिरीक्षक सचिवालयको आदेशको प्रतिलिपि काठमाडौं महानगरपालिकासहित ११ वटा स्थानीय पालिकालाई पठाउँदै परिसरले एउटै किसिमको पोशाक र दर्ज्यानी चिन्हको प्रयोगले आम नागरिकमा द्विविधा उत्पन्न भएको जानकारी गराएको छ।

विभिन्न सरकारी, गैरसरकारी र निजी सुरक्षा संघसंस्थामा कार्यरत सुरक्षा गार्डको पोशाक र दर्ज्यानी चिन्ह मिल्दोजुल्दो हुँदा अपराधिक क्रियाकलाप, शान्ति सुरक्षा र सुरक्षा निकायबाट हुने कार्यसम्पादनमा बाधा पुगेको परिसरको जिकिर छ।

‘नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालले प्रचलित कानुनबमोजिम हाल प्रयोग गर्दै आएको पोशाक तथा दर्ज्यानी चिन्हहरुसँग मिल्दोजुल्दो हुनेगरी विभिन्न सरकारी तथा गैरसरकारी र निजी सुरक्षा संघसंस्थाहरुका सुरक्षा गार्डहरुले समेत पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्ने गरेको पाइएको हुँदा सो कार्यबाट आम नागरिकहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत प्रहरी कर्मचारीहरुको पोशाक तथा दर्ज्यानी चिन्हहरु सम्बन्धमा द्धिविधा वा भ्रम उत्पन्न भई कतिपय अवस्थामा अपराधिक क्रियाकलाप तथा अप्रिय घटनाहरु हुने तथा शान्ति सुरक्षा कायम गर्ने–गराउनेलगायतका सुरक्षा निकायबाट हुने गतिविधिमा बाधा व्यवधानसमेत उत्पन्न हुने…’,पत्रमा उल्लेख छ।

त्यसैगरी, कसैले अटेर गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। पछिल्लो समय स्थानीय पालिकामा कार्यरत नगरप्रहरीहरुलाई पनि पोशाक र दर्ज्यानी चिन्ह प्रदान गर्न थालिएको छ। नगरप्रहरीले प्रयोग गर्ने पोशाक र दर्ज्यानी चिन्ह सुरक्षा निकायको पोशाकसँग मिल्ने हुँदा सर्वसाधारण भ्रममा पर्ने गरेका छन्। महानगर प्रहरीहरुले कुममा टाँस्ने तारा,खुकुरी क्रस नेपाल प्रहरीसङ्ग ठ्याक्कै मिल्दोजुल्दो छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!