२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

दशै अपराध नहोस् भन्दै बाँके प्रहरीले ३१ बुँदे सुरक्षा योजनाहरु सार्वजनिक

Logo
प्रकाशित सोमबार, आश्विन १३, २०७६

  • सागर थापा/ महेन्द्र सिंह

 जिल्ला प्रहरी कार्यालय बाँकेले दशैं चार्डपर्वहरुमा शहर वा जिल्ला बाहिर जानेहरुलाई घरको झ्याल, ढोका राम्ररी बन्द गरेर नजिकको छिमेकी र प्रहरीलाई गर्न खबर आग्रह गरिएको छ ।

प्रहरीले अत्याधिक भीडभाड हुने बैंक तथा वित्तीय संस्था, व्यवसायीक मल, मनोरञ्जन स्थल, बसपार्क आदिमा चोरीलगायत अपराधिक घटना हुनसक्ने भएकाले त्यस्ता ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरेको जनाएको छ । प्रहरीले चाडबाड सुरक्षा योजनामा मदिरा खाएर होहल्ला, जुवातास, अतिशबाजी, गुण्डागर्दी नियन्त्रण गर्नेदेखि राजमार्ग सुरक्षासम्म रहेको छ ।

बाँके जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले ६५ किलोमिटरमा फैलिएको खुल्ला नाकादेखि बजार, राजमार्गमा अपराधिक घटना हुन नदिन सतर्कता अपनाइएको बताए । भारतमा काम गरेर चाडबाड मान्न घर फर्किने नेपालीलाई नाकामा दुख, सास्तीदेखि लुटपाट नहोस् भनेर भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । एसपी वलीले नाका, बजार, बसपार्कदेखि राजमार्गसम्म सुरक्षा निगरानी बढाएको बताए । चार्डपर्वमा विशेष गरेर बैंक तथा बित्तीय संस्था आसपास, भारतबाट मजदुरी गरेर फर्किने नेपाली लुटिने गर्दछन् । शहर या जिल्ला बाहिर टीका लगाउन जादा घर खाली हुने भएकाले त्यस्ता घरमा चोरी हुने खतरा बढ्छ ।

प्रत्येक वर्ष दशैं र तिहार आसपासमा साना ठूला दुई दर्जनबढी चोरीका घटना हुँदै आएका छन् । बाँके प्रहरीले यसपाली त्यस्तो हुन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि नियमितदेखि ‘सरप्राइज’ चेकिङको व्यवस्था गरेको एसपी वलीले बताए । चार्डपर्वका बेलामा बजारमा कालाबजारीदेखि कमसल खाद्य पदार्थ बिक्री हुन सक्नेतर्फ पनि प्रहरीले ध्यान दिएको छ ।

एसपी वलीले चार्डपर्वमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायका प्रमुखहरुलाई बिदा नछोडेको बताए । ‘सरकारी अड्डाहरुमा आलोपालो भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ, गस्तीको प्रबन्ध गरिएको छ,’एसपी वलीले भने, ‘दशैंमा अपराध नहोस् भनेर हामी लागिपरेका छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।