१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

नेपाल प्रहरीका १५५ जना असईहरु र ३२ जना सई बढुवा सिफारिस

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर ०५, २०८१

काठमाडौं । मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका उनीहरुलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम सिफारिस गरिएको सूची सार्वजनिक गरिएको छ।

सार्वजनिक सूचीअनुसार, सिफारिस प्राप्त अधिकृतहरूले अब प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति पाउनेछन्।

बढुवा सिफारिस हुनेमा भरत बहादुर चन्द, मम बहादुर साउँद, महेन्द्र प्रसाद काफ्ले लगायतका व्यक्तिहरु रहेका छन्।

यस्तै नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ।

मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका असईहरूलाई सईमा बढुवा सिफारिस गरेको हो।

बढुवा सुचिको पहिलो नम्बरमा मनोज कुमार खड्गा छन्। यस्तै हरी बहादुर बस्नेत, ओम शंकर बोगटी, शारदा प्रसाद पौडेल लगायतका व्यक्तिहरु रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।