१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

सुदूरपश्चिम राष्ट्रिय अनुसन्धानका डीआईजी श्रेष्ठको ३ महिनामा सरुवा एसएसपी अधिकारी आउदै

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर ०५, २०८१

 

काठमाडौं । नेपालको गुप्तचर संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका सुदूरपश्चिम हेर्ने हाकिम डीआईजीलाई काठमाडौं लगिएको छ। प्रदेश प्रमुखको रुपमा कार्यरत रहेका डीआईजी किशोर श्रेष्ठलाई तीन महिना नकट्दै सिंहदरबार लगिएको हो।

उनलाई प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा कोठा छुट्याएर काज खटाइएको जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई एक साता अगाडि दरबन्दी नै खडा गरेर आफ्नै कार्यालयमा जिम्मेवारी दिएर राखेका हुन्।

यस्तो गरिएको भने पहिलोपटक हो, अहिले डीआईजी मातहत टोली गठन हुने क्रममा छ। श्रेष्ठ सिंहदरबार गएपछि सुदूरपश्चिम हेर्न भने एसएसपी नवीन अधिकारीलाई खटाइएको छ। डीआईजी पठाउनुपर्नेलाई निमित्त हाकिम भन्दै एसएसपीलाई पठाइएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।