१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

पूर्व डीआइजी छबिलाल जोशीलाई काठमाडौं ल्याइएको छ जोशी पछी रवी लामिछानेको पालो

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर ०५, २०८१

 

काठमाडौं । सहकारीको रकम अपचलनको कसुरमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआइजी एवम् गोर्खा मिडियाका पूर्व सञ्चालक छबिलाल जोशीलाई काठमाडौं ल्याइएको छ । जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका जहाजबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

जोशीलाई हिजै ल्याएर परिसरको हिरासतमा राखिएको र आजबाट अनुसन्धानको आवश्यक काम अगाडि बढ्ने एसएसपी रजौरेले जानकारी दिए । पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए । त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उनलाई रूपन्देही पनि लगिएको थियो ।

लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । जोशीको बयानपछि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ । यसअघि कुमार रम्तेलसँग पनि बयान लिएर कास्की नै फर्काइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।